काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह चार बजेका लागि सर्वपक्षीय विशेष बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र सुधारका लागि आवश्यक छलफल गर्न बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुनेछन् । अर्थतन्त्रको वर्तमान अवस्था र चाल्नुपर्ने कदमका विषयमा सरकारी निकायबीच छलफल गर्न बैठक बोलाएको आचार्यले बताए ।
‘अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्रसँग बृहत् बैठकका लागिपूर्वतयारीस्वरूप प्रधानमन्त्रीले सरकारी अन्तरनिकायका प्रतिनिधसँग छलफलल गर्न लाग्नुभएको हो’, आचार्य भने ।