काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठ घाटको अवलोकन गरि दर्शन गरेका छन् ।
यसका साथै छठका लागि सिँगारिएको काठमाडौँको कमलपोखरी क्षेत्रमा दर्शन तथा अवलोकनका लागि सहभागी हुने राष्ट्रपति पौडेलको कार्यतालिका रहेको छ ।
देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।