प्रधानमन्त्री प्रचण्ड आज रुकुम पूर्व जाँदै

Kmc

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज रुकुम पूर्व आउने भएका छन् । पार्टीको प्रशिक्षण तथा जनसभालाई सम्बोधन गर्न पुथाउत्तर गङ्गा गाउँपालिका-१ मैकोटमा आउन लागेका हुन् ।

NLG InsuranceNECO
कार्यक्रमको तयारी पूरा भएको जिल्ला संयोजक कुमारी बरालले जानकारी दिइन् । कार्यक्रमको लागि केन्द्रीय नेताहरू, प्रदेशका नेता र जिल्ला तहका नेताहरू मैकोट पुगिसकेका छन् ।

प्रशिक्षण कार्यक्रममा जिल्लाका अगुवा नेता कार्यकर्ता सहभागी हुने र स्थायी समिति र केन्द्रीय सदस्यहरूले प्रशिक्षण दिने विशेष अभियानको रुकुम पूर्व जिल्ला इन्चार्ज एवं स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिइन् ।

अध्यक्ष प्रचण्ड कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए । उनका अनुसार विशेष अभियान अन्तरगत १२ जिल्लामा प्रशिक्षण चलिरहेको छ । सम्भव भएसम्म ती जिल्लाहरूमा अध्यक्ष प्रचण्डलाई सम्बोधनको लागि बोलाउने प्रदेश पार्टीले पहल गरिरहेको जनाएको छ ।

माओवादी केन्द्रको आधार इलाका समेत रहेको रुकुम, रोल्पा जिल्लालाई अध्यक्ष प्रचण्डले प्राथमिकता दिई कार्यक्रममा सहभागी भएको अध्यक्ष बरालले जनाए ।