काराबाख सैन्य कारबाही तत्काल रोक्न अजरबैजानलाई ईयूको आग्रह

Kmc

काठमाडौं । युरोपेली सङ्घ (ईयू)ले अजरबैजानलाई नागोर्नो–काराबाखको विवादित क्षेत्रमा सैन्य कारबाही रोक्न आग्रह गरेको छ ।

NLG InsuranceNECO
मिचेलले सामाजिक सञ्जालमा लखेका छन् “पूर्व नागोर्नो–काराबाख ओब्लास्टबाट आज विनाशकारी समाचार आइरहेको छ ।”

“बाकु र काराबाख अर्मेनियालीबीच वास्तविक संवादका लागि अजरबैजानको सैन्य गतिविधि तत्काल रोक्नुपर्छ,” उनले भने ।

ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले भने, “ईयूले सैन्य वृद्धिको निन्दा गर्दछ र जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दछ ।”

बोरेलले भने, “यो सैन्य वृद्धिलाई स्थानीय जनसङ्ख्याको पलायनलाई बाध्य पार्ने बहानाको रूपमा प्रयोग गर्नु हुँदैन ।

“शान्ति र सामान्यीकरण वार्ताका लागि अनुकूल वातावरण प्रदान गर्न हिंसा रोक्न आवश्यक छ ।”

ईयूले अजरबैजान र आर्मेनियासँग वार्ताको मध्यस्थता गरेको छ जसको उद्देश्य पूर्व सोभियत सङ्घका शत्रुहरूबीच स्थायी शान्ति सुनिश्चित गर्नु हो ।

अजरबैजानले पर्वतीय क्षेत्रमा आर्मेनियासँग छोटो तर क्रूर युद्ध लडेको लगभग तीन वर्षपछि नागोर्नो–काराबाख क्षेत्रमा मङ्गलबार ‘आतङ्कवाद विरोधी अभियान’ सुरु गरेको छ ।