संस्थापनलाई काउण्टर दिन शेखरले बोलाए इतर समूहको बैठक

Kmc

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक नजिकिँदै जाँदा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले इतर समूहको बैठक बोलाएका छन् । पार्टी केन्द्रीय समितिको बैठक असोज ४ मा बस्न लागि रहेका बेला डा. कोइरालाले संस्थापन इतर पक्षको छुट्टै भेला बोलाएका हुन् ।

NLG InsuranceNECO
डा. कोइरालाले संस्थापन इतर समूहको बैठक मंगलबार दिउँसो साढे १ बजे बस्नेगरी बोलाएका छन् । बैठकमा नेता कोइरालाले आफू पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बोलाएका हुन् ।

कोइरालाले आफूहरु पक्षधर बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाएका छन् । इतर पक्षका नेताहरुले शेखरमाथि प्रश्न उठाएपछि अहिले बैठक राखेका हुन् ।