काठमाडौं । सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको हिंसात्मक झडप सुडानी सेनाको जनरल कमाण्डको मुख्यालय वरपर आईतवार दोस्रो दिन पनि जारी रहयो ।
मध्य खार्तुनमा रहेको सेनाको जनरल कमाण्डको पश्चिममा रहेको सरकारी मुख्यालय र भवनहरुमा आगो लागेको हो । सुडानको सबैभन्दा ठूलो तेल कम्पनीमध्ये एक ग्रेटर नाइल पेट्रोलियम अपरेटिङ कम्पनीको टावरमा आगो लागेको देखिएको छ । सुडानी अथोरेटि फर स्पेसिफिकेशन एण्ड मापनमेण्टको भवनका साथै खार्तुममा रहेको सुडानी न्याय मन्त्रालयको टावरमा पनि आगो लागेको छ । सरकारी भवनहरुमा बमबारी भएको बताइएको छ ।
अहिलेसम्म अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा एसएएफ र आरएसएपm बीचमा भइरहको झडपमा परी ३ हजार बढीको ज्यान गइसकेको छ भने ६ हजार बढी घाइते भएका छन् ।