आठौँ एशिया कपको उपाधि भारतलाई, श्रीलङ्काकाे निराशाजनक हार

Kmc

कोलम्बो । फाइनल खेलमा श्रीलङ्कालाई हराउँदै भारतले आठौँ एशिया कपको उपाधि प्राप्त गरेको छ । उपाधीका लागि भएको प्रतिस्पर्धामा भारतले श्रीलङ्कालाई १० विकेटले पराजित गरेको हो ।

NLG InsuranceNECO
आइतबार कोलम्बोको आर प्रेमदासा रङ्गशालामा भएको फाइनल खेलमा श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

खेलमा श्रीलङ्का १५.२ ओभरमा ५० रन बनाएर अलआउट भएको थियो । श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दा सायदै पहिलो चार ओभरमै आफ्नो टीमका आधा सदस्य प्याभिलियन फर्कनेछन् भन्ने सोचेको थियो ।

प्रतिउत्तरमा भारतले ६.१ ओभरमा कुनै पनि विकेट नगुमाई लक्ष्य पूरा गर्यो । जितका लागि भारतका ओपनर ब्याटर ईशान किशन (२३) र सुभमन गिल (२७) ले अविजित खेल खेलेका थिए ।

श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दा सायदै पहिलो चार ओभरमै आफ्नो टीमका आधा सदस्य प्याभिलियन फर्कनेछन् भन्ने सोचेको थियो । तर भारतीय बलरका तर्फबाट मोहम्मद सिराजले उत्कृष्ट बलिङ गरेर १६ बलमै श्रीलङ्काका पाँच ब्याट्सम्यानलाई आउट गरिदिएका थिए ।

श्रीलङ्काको इनिङ्स सकिएपछि मोहम्मद सिराजले भने, “यो सपना जस्तै हो । पछिल्लो पटक श्रीलङ्काविरुद्ध चार विकेट लिएको थिएँ तर पाँचौ विकेट लिन सकिनँ । त्यसपछि मैले के महसुस गरे भने तपाईँको भाग्यमा जे छ त्यो तपाईँले पाउनु हुन्छ । आज मेरो भाग्यमा यही रहेछ र यही पाएँ ।”

श्रीलङ्कालाई ५० रनमा समेट्न सिराजले एक ओभरमा चार विकेट लिएपछि भारतीय ओपनरद्वय इशान किशन र शुभमन गिलले ६.१ ओभरमा १ विकेट गुमाएर श्रीलङ्काविरुद्ध जित दिलाएका थिए ।

उपाधी जितेपछि भारतीय कप्तान रोहित शर्माले भने, “ विशेषगरी फाइनलमा आएर राम्रो खेल्नुले टोलीको उच्च मानसिकता देखाउँछ ।”  उनले भने, “हाम्रा तीव्रगतिका बलरहरूले वास्तवमा धेरै वर्षदेखि कडा मेहनत गरिरहेका छन्, त्यसैले उनीहरूलाई यसरी पुरस्कृत गरेको हेर्न पाउनु टोलीका लागि खुसीको कुरा हो । यस्तो प्रदर्शनलाई धेरै लामो समयसम्म मन पराइनेछ ।”

कूल ५० ओभरको खेलमा श्रीलङ्काले ११६ मिनेट मात्र खेलेपछि लगभग खचाखच भरिएको घरायसी रङ्गशालाका दर्शकहरू निराश भएको देखिन्थ्यो ।

“यो बराबरभन्दा कम छ । हामी जसरी आउट भयौं, त्यो निकै निराशाजनक छ, मलाई लाग्छ ड्रेसिङमा धेरै रिफ्लेक्सन गर्न बाँकी छ,” श्रीलङ्काका प्रशिक्षक क्रिस सिल्भरवुडले हारपछि भने । उनले भने, “मलाई लाग्छ, आज हामी निकै उच्चस्तरीय बलिङ आक्रमणको सामना गर्न सफल भएका छौं, सिराजले उत्कृष्ट प्रदर्शन गरेका छन् ।”