काठमाडौं । सरकार र चिकित्सकबीचको वार्ता मिलेको छ । केही दिन अगाडि हेटौडाको एक अस्पतालमा चिकित्सकहरुमाथि भएको हातपातको विषयलाई लिएर आन्दोलनमा रहेका उनीहरुसँग सरकारले गरेको वार्ता सफल भएको हो ।
आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयमा भएको दुई पक्षबीचको छलफलमा ६ बुँदे सहमती भएको छ । दुई पक्षकाबीच वार्ता मिलेसँगै चिकित्सकहरूले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन् ।
भदौ २७ गते हेटौडाको सन्चो अस्पतालका चिकित्सक डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथी अस्पतालमा कुटपिट भएको थियो ।
कुटपिटपश्चात नेपाल चिकित्सक संघले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेपछि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो ।
यस्तो छ सहमतिपत्र