देशमा अधिकार सम्पन्न संघीयता हुन सकेन, आगामी चुनावमा बहुमत ल्याउनुपर्छ : उपेन्द्र यादव

Kmc

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संगठन बिस्तार अभियान आजदेखि शुरु भएको छ । आईतवार जनकपुरधाममा जसपा मधेस प्रदेश समितिद्वारा आयोजित संगठन विस्तार अभियानको उद्घाटन तथा अभिमुखिकरण कार्यक्रमबाट अभियान शुरु भएको हो ।

NLG InsuranceNECO
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्ध र विकसित बनाउन संघीय लोकतन्त्र र समावेशिता बनाउन आवश्यक रहेको बताए । त्यसका लागि निर्णायक भुमिकामा हुन आवश्यक रहेको बताए । निर्णायक भूमिकामा पुग्न अत्यधिक बहुमत चाहिने र बहुमत चुनावबाटै सम्भव भएकाले अहिलेदेखि नै आउँदो निर्वाचनमा जुट्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।

अध्यक्ष यादवले देशमा अधिकार सम्पन्न संघीयता हुन नसकेको बताए । सबै अधिकार केन्द्रिकृत गरेर संघीयता बलियो हुन नसक्ने बताए । उनले राज्यको संवैधानिक, न्याययिक, प्रशासनिक र राजनीतिक नियुक्ति लगायतका कुनैपनि निकायमा समावेशिता नरहेको जिकिर गरे ।  

अध्यक्ष यादवले जबसम्म राज्यको हरेक निकायमा समावेशिता हुँदैन तबसम्म मुलुकले समृद्धि पाउन नसक्ने दाबी गरे । मुलुकलाई समावेशी बनाउँदै संघीय लोकतन्त्र मजबुत बनाउनुपर्ने जिम्मेवारी आफूहरु समक्ष रहेको बताए ।