एशिया कप–२०२३ : बंगलादेशसँग भारत ६ रनले पराजित

Kmc

कोलम्बो । एशिया कप–२०२३ मा सुपर फोरको अन्तिम प्रतिस्पर्धामा बंगलादेशले भारतलाई ६ रनले हराएको छ । शुक्रबार राति कोलम्बोको आर.प्रेमदासा स्टेडियममा सम्पन्न प्रतिस्पर्धामा बंगलादेशले भारतलाई जीतका लागि २६६ रनको लक्ष्य दिएको थियो । यो लक्ष्यलाई पछ्याउने क्रममा भारतीय टीमले २५९ रन मात्र जोड्न सफल भयो ।

NLG InsuranceNECO
भारतीय टीमका तर्फबाट ओपनर शुभमन गिलले १३३ बलमा १२१ रन बनाए, जसमा आठ चौका तथा पाँच छक्का समावेश छन् । गिलको वडने करियरको यो पाँचौं शतक हो । गिलबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन् ।

फलस्वरुप भारतीय टीमले हार व्यहोर्न पुग्यो । अन्तिमका ओभरहरुमा अक्षर पटेल (४२ रन) ले केही ठूला शट नलगाएका होइनन्, तर ४९ औं ओभरमा मुस्तफिजुर रहमानले उनको आकर्षक इनिङलाई समाप्त पारे ।

खेलको अन्तिम ओभरमा भारतले जीतका लागि १२ रन बनाउनु पर्ने थियो । तन्जिद हसन शाकिबको पहिलो तीन बलमा मोहम्मद शमीले रन बनाउन सकेनन् । चौथो बलमा उनले चौका प्रहार गरे । अब दुई बलमा आठ रन बनाउन पर्ने थियो । यहाँबाट शमीले दुई ठूला शट प्रहार गर्दै खेललाई भारतीय टीमतर्फ झुकाउने सम्भावना थियो, तर दोस्रो रन लिने चक्करमा उनी रनआउट भए । बंगलादेशको तर्फबाट मुस्तफिजुर रहमानले तीन विकेट लिए भने तन्जिम हसन शाकिब तथा मेहनी हसनले समान दुई विकेट लिए ।

एशिया कप २०२३ को उपाधि दौडमा यो खेलको नतिजाले कुनै महत्व राख्दैन । भारत यसअघि नै आइतबार हुने फाइनलका लागि छनोट भैसकेको छ, जसमा उसको सामना श्रीलंकासँग हुँदैछ । उता बंगलादेशको टीम यसअघि नै एशिया कपबाट बाहिरिसकेको छ ।