महावुको जैविक विविधता : एउटै रूखमा चार थरी लालीगुराँस

Kmc

दैलेख । समुन्द्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको दैलेखको महावु क्षेत्र जैविक विविधताका हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ ।

NLG InsuranceNECO
फागुनदेखि जेठसम्म महावु क्षेत्रका जङ्गलहरूमा फुलेका लालीगुराँसले मानिसको मन आकर्षित गर्छ नै अझ यहाँ एउटै रूखमा फुल्ने चार थरीका लालीगुराँस त अझ पर्यटकको केन्द्रबिन्दु बन्न पुगेको छ । महावु गाविसको यस वनमा गुराँस, साल, सल्लो र काफलसमेत एकै स्थानमा भेटिन्छन् ।

तराईमा प्रचण्ड गर्मी भएको बेला यस्ता स्थानहरूमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षणको केन्द्र बनाउन यस्ता स्थानको थप प्रचारप्रसार गरिनुपर्नेमा उक्त गाउँपालिकाका पूर्व अध्यक्ष जङ्गबहादुर शाहीले जोड दिए ।

धार्मिक स्थलसमेत रहेको यस क्षेत्रका मनोरम दृश्यसँगै पाटन क्षेत्रलाई चलचित्र हवका रूपमा विकास गर्ने सरकारको निर्णयमा कुनै पनि काम नभएको उनको भनाइ थियो ।

यस क्षेत्रमा सडक विस्तार हुन सके दैनिक सयौँ आन्तरिक र बाह्य पर्यटकको आगमन हुने देखिन्छ । अहिले यहाँ सात वटा निर्माण कम्पनीमार्फत सडक विस्तारको काम थालिए पनि सोचे अनुसारको प्रगति हुन सकेको छैन ।