विशेष अदालतले मलाई फसायो, पुनरावेदन गर्ने खर्च छैन : बद्री न्यौपाने

Kmc

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा सजाय सुनाइएका पूर्वमन्त्री बद्री न्यौपानेले नियोजित रुपमा आफुमाथि षडयन्त्र भएको बताएका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले राजनीतिक पूर्वाग्रहका आधारमा आफुमाथि मुद्धा लगाएको र सोहि अनुसार फैसला आएको बताएका हुन् ।

NLG InsuranceNECO
उनले नियमानुसार नै आफुले जग्गा भाडामा लगाउने प्रस्ताव मन्त्रीपरिषद्मा लगेको र समाज कल्याण परिषदले गर्दै आएको नियमानुसार नै आवश्यक निर्णय गरेको दावी गरे । सोही प्रक्रियामा सहभागी अरुलाई सफाई दिएर आफुलाई मात्रै नियोजित रुपमा फसाइएको उनले बताए ।

उनले आफु विशेष अदालतको फैसला विरुद्ध पुनरावेदनमा जान आर्थिक रुपमा सक्षम नभएको उल्लेख गरे । विशेष अदालतले मनोमानीसंग २० करोड ७१ लाख ३४ हजार रुपैया नोक्सानी पारेको भनिए पनि के कसरी नोक्सानी भयो भनेर स्पष्ट पार्न नसकेको उनले बताए ।

उनले आफु मन्त्री हुँदाको दिन देखि अहिलेसम्म राज्यको कुनै निकायबाट अनियमितता नगरेको दावी गरे ।