अनाथालयमा आश्रय लिएकी बालिका बलात्कार गर्ने सञ्चालक कारागार चलान

Kmc

काठमाडौं । अनाथालयमा आश्रय लिएकी बालिकामाथि जबरजस्ती करणी गर्ने व्यक्तिलाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ को समाज कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकरबहादुर चन्दलाई पुर्पक्षका लागि कारागार चलान गर्ने अदालतको आदेशसँगै उनी थुनामा गएका हुन् ।

NLG InsuranceNECO
अनाथालयमा आश्रित बालिकालाई एक वर्षदेखि जबर्जस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका चन्दलाई थुनछेक बहसपछि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

१७ माघमा पक्राउ परेका चन्दलाई बालयौन दुरुपयोग कसुरमा ५० हजार रुपैयाँ धरौटी माग समेत गरिएको छ भने जबर्जस्ती करणी र गर्भपतन कसुर मुद्धामा पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

चन्दले अनाथालयमा आश्रित नाबालिकालाई जबरजस्ती करणी गरेर गर्भवती भएपछि औषधी खुवाएर गर्भपतन गराएको देखिएको प्रहरीको भनाइ रहेको छ ।