कुकुरलाई खुल्ला शौच गराए कारबाही गर्ने ललितपुर महानगरपालिकाको चेतावनी

Kmc

काठमाडौं । घर पालुवा कुकुरलाई खुल्ला शौच गराए ललितपुर महानगरपालिकाले कारबाही गर्ने भएको छ । महानगरले एक सूचना जारी गर्दै ‘घरमा पालिएका कुकुरलाई घरधनीले दिसा, पिसाब गराउन सडक, पार्क जस्ता सार्वजनिक स्थलमा ल्याएको पाइएमा कारबाही गर्ने’ भनिएको छ । 

NLG InsuranceNECO
 महानगरपालिकाले नगरलाई हरियाली सहितको सफा र सुन्दर शहर बनाउन विभिन्न योजना अघि बढाइरहेको भन्दै घर पालुवा कुकुरलाई जथाभावी शौच गराउँदा वातावरण प्रदुषित हुँदै गएको भनिएको छ । कसैले कुकुरलाई खुल्ला शौच गराए कडा कारवाही गर्ने महानगरले चेतावानी दिएको छ ।