आज फेरि घट्यो सुन र चाँदीको मूल्य, प्रतितोला कतिमा हुँछ कारोबार ?

Kmc

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

NLG InsuranceNECO
आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँमा झरेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ६ सयमा आइपुगेको छ ।

आइतबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ ।