आजकाे फलफूल तथा तरकारीको मूल्य यस्ताे छ

Kmc

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार अदुवा, लौका, रातो मूला र चिचिण्डोको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार तीन सय ९० रुपैयाँ रहेको छ । त्यस्तै, अमला, भटमासकोशा र ठूलो नेपाली गोलभेँडा को औसत मूल्य ६५ रुपैयाँ, अम्बा एक सय १० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, मुडेको आलु ८२ रुपैयाँ ३३ पैसा, इमली एक सय ४५ रुपैयाँ, स्थानीय काउली, लप्सी, डल्लो भन्टा, मकै बोडी, पिंडालू, पर्वल, तोरीको साग, निबुवा र लोकल घिउ सिमी प्रतिकेजी ५५ रुपैयाँ, लोकल काक्रो, तराई गाजर र खुर्सानी ९५ रुपैयाँ पुगेको छ । 

NLG InsuranceNECO
त्यस्तै अकबरे खुर्सानी र भिण्डी ९५ रुपैयाँ, कागती दुई सय रुपैयाँ, सुकेको खुर्सानी चार सय १५ रुपैयाँ, लोकल गाजर एक स्य १५ रुपैयाँ, गान्टे मूला ७५ रुपैयाँ, गुन्द्रुक दुई सय ७५ रुपैयाँ, नेपाली ठूलो गोलभेँडा ६५ रुपैयाँ, भारतीय गोलभेँडा ९५ रुपैयाँ, टनेल गोलभेँडा ५० रुपैयाँ, लोकल सानो गोलभेँडा ३७ रुपैयाँ ६७ पैसा, घिरौला, चुकुन्दर र हरियो प्याज ७५ रुपैयाँ र चमसूरको साग दुई  सय १० रुपैयाँ रहेको छ । 


त्यस्तै, कन्य च्याउ प्रतिकेजी एक सय ९० रुपैयाँ, डल्ले च्याउ तीन सय २५ रुपैयाँ, सुकेको छ्यापी दुई सय २५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, रहुसहितका माछा दुई सय ४० रुपैयाँ र तामा एक सय पाँच  रुपैयाँ, तितो करेला ७५ रुपैयाँ, तोफु एक स्य पाँच  रुपैयाँ, न्यूरो ८५ रुपैयाँ, पालूगो साग दुई  सय १० रुपैयाँ, बरेला ४५ रुपैयाँ, भेडे खुर्सानी एक सय ८५ रुपैयाँ, रायोको साग एक सय ६५ रुपैयाँ, स्कूस १७ रुपैयाँ ६७ पैसा र सेलरी तीन सय २५ रुपैयाँ रहेको छ ।