सुन–चाँदीको मूल्य घट्यो

Kmc

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो। 

NLG InsuranceNECO
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार एक सय र तेजाबी सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन सुन तोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।