स्रोत नखुलेको २५ लाख रकमसहित काभ्रेको साँगाबाट दुई जना पक्राउ

351 Shares

साँगा । स्रोत नखुलेको २५ लाख रकमसहित काभ्रेको साँगाबाट दुई जना पक्राउ परेका छन् ।

बनेपा नगरपालिका-१४ साँगाचोक स्थित प्र.स.नि. भगवान अधिकारीको कमाण्डमा ट्राफिकसहित खटिएको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्दा  स्रोत नखुलेको २५ लाखसहित दुई जना पक्राउ परेका छन् ।

पनौतीबाट काठमाडाैंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बसमा सवार सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका-१ बस्ने आनन्दलाल धमलाको छोरा वर्ष २१ को राजन धमलाले बोकेको रातो जेब्रा झोलामा स्रोत नखुलेको साे परिमाणकाे नगद  फेला परेको प्रहरीले जनाएकाे छ । 

मंगलबार दिउँसाे धमलाका साथी सप्तरी जिल्ला छिन्नमस्ता गाउँपालिका-६ बस्ने ३८ बर्षको संजयकुमार साहसहित दुबै जनालाई  नियन्त्रणमा लिई  जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याई थप अनुशन्धान भइरहेको छ ।