भारत पाकिस्तान द्वन्द्वः अमृतसर र फिरोजपुरमा ठूला विस्फोटको आवाज

72 Shares

काठमाडौँ । समाचार एजेन्सी पीटीआईले भारतीय सेना स्रोतलाई उद्धृत गर्दै जम्मु, साम्बा र पठानकोटमा ड्रोनहरू देखिएको बताएको छ।

बीबीसीका सहपत्रकार रविन्द्रसिंह रोबिनले अमृतसरमा पनि ठूलो विस्फोटको आवाज सुनिएको जानकारी दिएका छन्।

पन्जाबस्थित बीबीसीका स्थानीय पत्रकारहरूले फिरोजपुरका स्थानीयले कम्तीमा तीनवटा विस्फोटको आवाज सुनेको रिपोर्ट गरेको बताएका छन् । फिरोजपुर प्रशासनका एक वरिष्ठ अधिकारीले पनि आफूले तीनवटा विस्फोटको आवाज सुनेको पुष्टि गरेका छन्।

बीबीसी पत्रकार नवजोत कौरका अनुसार उपायुक्त निशान्त यादवको आदेशमा चण्डीगढका बजार साँझ ७ बजेदेखि पूर्णरूपमा बन्द गरिएका छन् ।एजेन्सी