86
Shares

काठमाडाैं । भारतको उत्तरी राज्य उत्तराखण्डमा बिहीबार उडान गरिरहेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन् ।
गंगा नदीको उद्गमस्थल गंगोत्रीतर्फ उडान गरिरहेको निजी हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरू पर्यटक रहेको प्रहरीले जनाएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा सारिएको छ।
मानव जीवनको क्षतिप्रति समवेदना व्यक्त गर्दै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिनुभएको छ ।सिन्ह्वा
फेसबुकबाट तपाईको प्रतिक्रिया