धुलिखेलमा भइरहेकाे एन्फाको साधारण सभामा गणेश थापालाई प्रवेश राेक, मुख्य गेटमै झडप

133 Shares

काभ्रे । एन्फाको साधारण सभा काभ्रेको धुलिखेलमा आज आयोजना गरिएको छ । जसमा  पूर्वअध्यक्ष गणेश थापालाई प्रवेश गर्न नदिएपछि झडप भएको छ । 

ganesh thapa.png

साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै एक समूहले थापालाई गेटमै रोकेकाे थियाे । आफूलाई रोकेपछि आक्रोशित एन्फा पूर्वअध्यक्ष थापाले भने, ‘कि अदालतको निर्णय मान्दिनँ भन्नुपर्यो कि साधारण सभामा प्रवेश दिनुपर्यो ।’

anfa.png

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएकाे थियाे । १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा पुनः सक्रिय हुन थालेका थिए । थापाले भ्रष्टाचार गरेको, घुस लिएको र विभिन्न धाराहरु उल्लंघन गरेको ठहर फिफाको अनुशासन समितिले गरेपछि उनी दश वर्षे प्रतिबन्ध र २१ लाख जरिवानामा परेका थिए ।

anfa 2.png

यसैबीच प्रतिबन्ध फुकुवा भए पनि एन्फाले साधारण सभामा आफूलाई रोक लगाउन सक्ने भन्दै उनले साधारण सभामा भाग लिन पाउनुपर्ने मागसहित उच्च अदालत पाटनमा रिट दिएका थिए । वैशाख  २१ मा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाकै पक्षमा फैसला गरेपछि उनी आज साधारण सभामा भाग लिन धुलिखेल पुगेका थिए ।

ganesh thapa 3.png