युद्ध रोक्न भारत र पाकिस्तानलाई अमेरिकाको आग्रह

77 Shares

काठमाडौं । भारत र पाकिस्तानलाई एकअर्काविरुद्ध आक्रमण रोक्न अमेरिकाले  आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा उक्त अपिल गरेकी हुन् ।

पत्रकारहरूको प्रश्नको जवाफमा ब्रुसले भनिन्, ‘अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो। मध्यपूर्वमा यो प्रमाणित भइसकेको छ कि युद्धबाट कुनै पनि समाधान निस्कँदैन ।’ उनले थपिन्, ‘युद्ध, सेना र हिंसा समाधान होइनन् । नयाँ विचार र कूटनीति नै पुस्तौंदेखि चल्दै आएको हिंसा र समस्या रोक्ने एक मात्र समाधान हो ।’ 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफसँग फोनमा कुराकानी गरेको जानकारी पनि दिइन् । यस क्रममा रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरे । उनले प्रत्यक्ष वार्तामा पनि जोड दिएका थिए ।एजेन्सी