भ्वाइस अफ नेपालका रोशन राईको 'नछुट्टिने मन ' सार्वजनिक (भिडियाे)

99 Shares

काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको नयाँ गीत 'नछुट्टिने मन' सार्वजनिक भएको छ। शान्ता राईको शब्द रचना र स्वर्गीय बिक्रम राईको संगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ।

योगेन मुकारुङको मिक्सिङ्ग, मास्टरिंङ्ग रहेको गीतलाई आपोमाली ( AA-POMALEE) युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

लोकप्रिय गायिका मेलिना राईको स्वरमा यस गीतको फिमेल भर्सनसमेत केही दिनअघि आइसकेको छ । भ्वाइस अफ नेपाल सिजन ४ मा टीम राजेशका एडभाइजरसमेत रहेका स्वर्गीय बिक्रम राईको संगीत र भ्वाइस अफ नेपालका सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा आबद्ध यस गीतलाई स्रोताहरुले मन पराइदिनु हुन्छ भन्नेमा आफू विश्वस्त रहेको गीतकार शान्ता राईले बताउनु भयो ।