बबिना भट्टराईको ‘गजलका कुराले’ सार्वजनिक (भिडियोसहित)

100 Shares

काठमाडौं । पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको हाे। 

यसैबीच उत्तम विचार भेटुवालको शब्द रचनामा बबिना भट्टराईको स्वर तथा संगीत रहेको ‘गजलका कुराले’ गीत सार्वजनिक भएको छ । 

उक्त गजलमा बिनोद भुजेलको एरेन्ज रहेको छ । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका गजलको मिक्सिङ मास्टरिङ प्रकाश खरेलले गरेका छन् ।

ए.जे.अजुले गजलको गहिराइ र संगीतको लयलाई चित्रण गरि निर्देशन गरेका ‘गजलका कुरा’को  भिडियो सम्पादन भने अनिल विष्ट प्युठानीले गरेका छन् । भिडियोमा बबिना आफैं फिचर्ड भएकी छिन् । 

‘गजलका कुराले’ गजलको भिडियोमा  प्रिया नगरकोटीले श्रृङ्गारसहित उपेन्द्र लिम्वु हारमोनियम, दिपक सापकोटा तवला, जय विके गितारमा रहेर बबिनाको गायनलाई महफिलमय बनाएका छन् । गजल ‘गजलका कुराले’ भिडियो गायिका तथा संगीतकार बबिना भट्टराईको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।