
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बीमा बोर्डको कोषमा एक खर्ब रकम जम्मा भए मात्रै नागरिकको अपेक्षाअनुसार राज्यले स्वास्थ्य सेवा दिनसक्ने बताउनुभएको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिकको सहुलियतपूर्ण स्वास्थ्य सेवाका लागि बीमा प्रणालीमा आवद्ध हुनुपर्ने बताउनु भयो । उहाँले सरकारको लगानी र नागरिकको योगदानमा आधारित बीमाले मात्रै स्वास्थ्य सेवा सहज हुने बताउनु भयो ।
सरकारले कर्मचारीलगायत सम्बन्धित निकायमा काम गर्ने सरकारी कर्मचारीको बीमा गर्ने जिम्मा लिएको तर पैसा तिर्न नसकेको उहाँको भनाइ छ । स्वास्थ्यमा समाजवाद ल्याउन बीमा मात्रै उपाय भएको बताउँदै उहाँले सबैको सहयोगमा स्वास्थ्य बीमा प्रणाली लागू भयो भने नागरिकले सयमा आठ रुपैयाँ खर्च गरेर स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने बताउनु भयो ।
मन्त्री पौडेलले आर्थिकरुपमा संघीयता बोझिलो बनेकाले संघीय र प्रदेश सरकारमा सांसद संख्या घटाउनुपर्नेमा जोड दिनुभयो । छरितो संघीयता विकास गर्नुपर्ने उहाँको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया