
काठमाडौँ। हङकङमा ‘एभरेस्ट म्युजिक नाइट २०२५’ सम्पन्न भएको छ ।
आङबुहाङ सोसाइटी हङकङको प्रस्तुति र मिस नेपाल हङकङ तथा एभरेस्ट ग्रुपको संयुक्त आयोजनामा साङ्गीतिक कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा गायक एकदेव लिम्बू तथा उहाँको ब्यान्ड, लोकदोहोरी गायक विमलराज क्षेत्री र गायिका शान्तारानी परियारले आआफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मानोरञ्जन दिनुभएको थियो ।
नृत्य समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विश्वकर्माको जोडीले प्रस्तुति दिँदै गर्दा मोडल अलिशा शर्मा र उषा उप्रेतीको आकर्षक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध पारेको थियो ।
कार्यक्रममा कमेडियन भरतमणि पौडेलको पनि प्रस्तुति रहेको थियो भने नेपाली महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी प्रीति राईलाई ‘वर्ष खेलाडी’ को उपाधिसहित विशेष सम्मान प्रदान गरिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया