चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय तत्काल कार्यान्वयन होस्ः चिकित्सकहरु

398 Shares

काठमाडाैं । आवासीय चिकित्सकहरुलाई आठौं तहको मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता दिन माग गर्दै चिकित्सकहरुले आज पनि आन्दोलन गरेका छन् ।

शुक्रबार माइतीघर मण्डलामा भेला भइ निजी अस्पतालहरुमा काम गर्ने चिकित्सकहरुले आठौं तहको मेडिकल अधिकृतको तलब सरह निर्वाह भत्ता दिन माग गर्दै आन्दोलन गरेका हु्न् । चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले नेपालभर आवासीय चिकित्सकहरुलाई आठौं तहको मेडिकल अधिकृतको तलव सरह निर्वाह भत्ता दिने निर्णय गरेको थियो । 

गत वर्षको माघ २५ गते भएको उक्त निर्णय कार्यान्वयनमा सरकारले गम्भीरता नदेखाएको र निजी मेडिकल कलेजहरुले समेत दिन नसक्ने भनिरहेको भन्दै त्यसप्रति सचेत गराउनका लागि आफूहरुले आन्दोलन गरिरहेको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले बताउनु भयो । उहाँँले चिकित्सा शिक्षा आयोगको उक्त निर्णय कार्यान्वयनमा सरकारले तदारुकता देखाउनुपर्ने बताउनु भयो । २९ दिनसम्म आउँदा पनि कतैबाट सुनुवाई नभएपछि नेपाल चिकित्सक संघले नेतृत्व गरेर आन्दोलन भइरहेको बताउनु भयो ।