‘के घर के डेरा : घर नं २’ को पहिलो गीत सार्वजनिक (भिडियाेसहित)

139 Shares

काठमाडौँ । दीपेन्द्र के खनालले निर्देशन गरेकाे चलचित्र ‘के घर के डेरा  : घर नं २’ को पहिलो गीत सार्वजनिक गरिएको छ । 

जेठ २ गते रिलिज हुने चलचित्रको निर्माणपक्षले आज ‘आँखा’ बोलको गीत सार्वजनिक गरेको हो । रिकेश गुरुङको स्वर रहेको गीतमा राम अविरल विष्टको शब्द र एसडी योगीको सङ्गीत छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारमध्ये खगेन्द्र लामिछाने र उपासनासिंह ठकुरी छन् । गीतको भिडियोमा प्रेमी र प्रेमिकाको आँखामा एक अर्काप्रति देखिएको प्रेम देख्न सकिन्छ ।

बुद्धि सागरको लेखन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासनासिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । गीतकाे भिडियाे यस्ताे छः