NEWSHOUSENEPAL - 1663852351

सर्वोच्चद्वारा नागरिकता विधेयक पास नगर्न आदेश मागिएको रिट खारेज

  • न्युज हाउस नेपाल
  • ६ असोज २०७९, बिहिवार

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गरिएको रिट खारेज गरेको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दिएको रिट न्यायाधीश अनिल सिह्नाको एकल इजलासले बिहीबार खारेज गरिदिएको हो । 

राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न भन्दै पठाएको विधेयकमाथि संसद्को दुवै सदनले परिमार्जन नै नगरि हतार–हतार पास गरेर प्रमाणीकरण गर्न पठाएको वरिष्ठ अधिवक्ता भण्डारीको निवेदनमा उल्लेख थियो । 

सर्वोच्च भण्डारकिो रिट निवेदन दरपिठ गरेपछि अर्को निवेदन दिएका थिए । 

गत मंगलबारसम्म समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि बुधबार सत्तारुढ दलले कानुनी उपचार खोज्ने बताइसकेका छन् ।

नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीका विरुद्ध बिहीबार अधिवक्ता सुनिल रञ्जन सिंहले सर्वोच्चमा रिट दर्ता गरेका छन् । उक्त रिट उपर शुक्रबार नै सुनुवाइ तोकिएको छ ।  
 

थप समाचार
//CountDown