NEWSHOUSENEPAL - 1663851446

राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध सर्वोच्चमा रिट दर्ता, सुनुवाइ भोली नै

  • न्युज हाउस नेपाल
  • ६ असोज २०७९, बिहिवार

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीका विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता सुनिल रञ्जन सिंहले बुधबार दिएको रिट निवेदन सर्वोच्च अदालतले आज दर्ता गरेको हो । 

संसद्का दुवै सदनबाट दोहोर्‍याएर समेत पारित भएको नागरिकता विधेयकलाई समय सीमाभित्र प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेको जिकिर अधिवक्ता सिंहले दायर गरेको रिट निवेदनमा गरिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवास महाराजगञ्ज र राष्ट्रपति भण्डारीलाई विपक्षी बनाएर दायर भएको रिट निवेदनको प्रारम्भिक सुनुवाई गर्न भोलिका लागि पेशी तोकिएको छ ।

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाएको विधेयक प्रमाणीकरण नगरेर नागरिकबाट चुनिएको संसद्को घोर अपमान गरेको, नागरिकताबाट वञ्चित लाखौं नेपाली नागरिकहरुको संवैधानिक हक र अधिकारमाथि कुठाराघात गरेको रिटमा उल्लेख गरिएको छ ।

थप समाचार
//CountDown