NEWSHOUSENEPAL - 1663844268

मकवानपुरको भीमफेदीमा बस दुर्घटना, ७ जनाको मृत्यु

  • न्युज हाउस नेपाल
  • ६ असोज २०७९, बिहिवार

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्युभएको छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८  नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना हुँदा यतिको मानव क्षती भएको हो । 

प्रहरीले ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाएको छ ।

ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । घाइतेहरुको हेटौंडाका अस्पतालहरूमा उपचार भइरहेको छ । 

थप समाचार
//CountDown