NEWSHOUSENEPAL - 1663836721

सभामुख सापकोटा र उपसभामुख भुसाललाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट

  • न्युज हाउस नेपाल
  • ६ असोज २०७९, बिहिवार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसाललाई पदमुक्त गराउन माग गर्दै र्सोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्  ।

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त भएको जिकिर रिट निवेदकको रहेको छ । 

सभामुख सापकोटा र उपसभामुख भुसालले कार्यकाल सकिँदा पनि राजीनामा नदिएको भन्दै रिटमा उनीहरुको पद खाली गराउन परमादेश माग गरेका छन् ।

४ मंसिरको आम निर्वाचनका लागि समानुपातिक पद्धतितर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाइसकिएको भन्दै रिटमा सभामुख र उपसभामुखले राजीनामा नदिएर राज्य स्रोतको दुरुपयोग गरिरहेको रिट निवेदकको भनाइ छ । उनीहरुले मुद्दाको अन्तिम किनारा नलागेसम्म सभामुख र उपसभामुखलाई राज्यस्रोतबाट प्राप्त सेवा सुविधा नदिन अन्तरिम आदेश माग गरेका छन् ।
 

थप समाचार
//CountDown