NEWSHOUSENEPAL - 1663819258

एसोसिएसन कप: केन्याको जित

  • न्युज हाउस नेपाल
  • ६ असोज २०७९, बिहिवार

 सन् २००३ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा केन्याले चामत्कारिक प्रदर्शन गरी सेमिफाइनल स्थान बनाएको थियो । केन्याको क्रिकेट इतिहासमा यही नै अहिलेसम्मको ठूलो सफलता हो । विश्वकपको सफलतापछि केन्याको क्रिकेट बिस्तारै ओरालो लाग्यो । अहिले केन्या क्रिकेटमा पुरानै साख फर्काउने कोसिसमा छ । यति वेला केन्याको क्रिकेट टोलीको फेरि चर्चा भइरहेको छ ।

दक्षिण अफ्रिकामा चलिरहेको एसोसिएसन कपमा केन्याले केवल २० बलमै सफलता हात पार्‍यो ।  टी–२० खेलमा केन्याले सय बलअघि नै नौ विकेटको जित निकालेको हो । पहिलो ब्याटिङ गरेको क्यामरुन १४.२ ओभरमै ४८ रनमा अलआउट भयो । केन्याले ३.२ ओभरमै एक विकेटको क्षतिमा ४९ रन बनायो । अन्तर्राष्ट्रिय क्रिकेटअन्तर्गत टी–२० फम्र्याटमा सय बलअघि नै जित निकालेको यो चौथो अवसर हो ।

सन् २०१९ मा अस्ट्रेलियाले टर्कीलाई २.४ ओभरमै हराएको थियो । अस्ट्रेलियाले टर्कीलाई एक सय चार बलअघि नै परास्त गरेको हो । गत जनवरीमा ओमानले फिलिपिन्सविरुद्ध २.५ ओभरमा जित निकालेको थियो । ओमानले एक सय तीन बलअघि नै जितेको थियो ।

थप समाचार
//CountDown