NEWSHOUSENEPAL - 1663817341

सानिमा इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • न्युज हाउस नेपाल
  • ६ असोज २०७९, बिहिवार

सानिमा बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

फण्डले लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज ९ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज असोज ६ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कारोबार भई कायम हुने ईकाईधनीहरुले मात्र उक्त लाभांश प्राप्त गर्न सक्नेछन् ।

सानिमा क्यापिटल लिमिटेडको भदौ २७ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र ७९ को मुनाफाबाट सानिमा इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित २२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

 

थप समाचार
//CountDown